सरकारी निवास छाड्दै राहुल गान्धी
फाइल तस्बिर
नयाँदिल्ली- मानहानी मुद्दामा दोषी ठहर भएपछि सांसदका लागि अयोग्य घोषित कांग्रेस नेता राहुल गान्धीले दुई दशकदेखि बस्दै आएको सरकारी निवास आजबाट छाड्ने भएका छन् ।
शुक्रबार आफ्नो सरकारी निवासबाट सबै सरसामान सारेका गान्धीले तुघलक लेन बंगलाको साँचो आज लोकसभा सचिवालयलाई हस्तान्तरण गर्ने छन् । साँचो हस्तान्तरण सँगै दुई दशक देखी बस्दै आएको घर आजबाट खाली हुनेछ ।
एक चुनावी सभामा पूर्व कांग्रेस अध्यक्ष गान्धीले ‘सबै चोरहरूको नाम मोदी किन हुन्छ ?’ भन्ने अभिव्यक्तिलाई लिएर दुई वर्षको जेल सजाय सुनाइएको थियो । सांसदका रूपमा अयोग्य ठहरिएपछि उनलाई अप्रिल २२ सम्ममा परिसर खाली गर्न भनिएको थियो । पूर्व कांग्रेस अध्यक्षले अप्रिल १४ मा आफ्नो कार्यालय र केही व्यक्तिगत सामान बंगलाबाट सारेका थिए ।
गान्धीले शुक्रबार साँझ बंगलाबाट आफ्ना बाँकी सामानहरू हटाएका थिए । यो बंगला उनलाई सांसदका रूपमा दिइएको थियो । उनीहरूको सामान बोकेको ट्रक भवनबाट निस्किएको देखियो । उनी झण्डै दुई दशकदेखि यही बंगलामा बस्दै आएका थिए ।
आफ्नो कार्यालय परिवर्तन गरेपछि उनी आफ्नो आमा तथा कांग्रेस संसदीय दल अध्यक्ष सोनिया गान्धीसँग जनपथ निवासमा बस्न थालेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया