विश्व

केन्यामा भोकै मर्न बाध्य पारिएका बालबालिकाका २१ शव निकालिए

इकागज |
बैशाख १०, २०८० आइतबार १०:२८ बजे

काठमाडौँ- केन्याको प्रहरीले तटीय सहर मालिन्दीनजिक २१ वटा शव निकालेको छ । एक धर्मगुरुमाथि आफ्ना अनुयायीहरूलाई भोकै मर्न भनेको आरोपमा अनुसन्धान चलिरहँदा उक्त शव निकालिएको बीबीसीले जनाएको छ ।

उक्त शवहरु बालबालिकाको रहेको तथा उनीहरूको मृत्यु भोकै बसेर भएको प्रहरीले दावी गरेको छ । प्रहरीले थप शवहरू फेला पर्न सक्ने समेत जनाएका छन् ।


शाकाहोला जंगलमा रहेको चिहानबाट उनीहरूको शव निकालिएको छ । त्यहाँबाट गुड न्यूज इन्टरनेसनल चर्चका १५ जनालाई उद्दार गरिएको थियो ।

बालबालिकालाई भोकै मर्न बाध्य पारेको आरोपमा धर्मगुरु माकेन्जी नथेङ्गेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । माकेन्जीमाथि जेससलाई भेट्न पाइन्छ भन्दै बालबालिकालाई भोकै मर्न बाध्य पारेको आरोप लगाइएको छ

केन्याको सरकारी संचारमाध्यमले हालसम्म ५८ जनाको चिहान पत्ता लागिसकेको छ ।


Author

थप समाचार
x