विश्व

दुई सैनिक गुटबीच भिडन्त चलिरहँदा सुडानबाट धमाधम विदेशी नागरिक बाहिरिँदै

इकागज |
बैशाख ११, २०८० सोमबार ११:११ बजे

काठमाडौँ- सुडानको राजधानी खार्तोममा दुई सैनिक गुटबीच भिडन्त चलिरहँदा विदेशी नागरिकहरू धमाधम सुडान छाडिरहेका छन् । भिडन्तका कारण लाखौ मानिस घरमा थुनिएका छन् भने खानेपानी र खाद्यान्नको अभाव सुरु भएको अलजजिराले जनाएको छ ।

अप्रिल १५ देखि सेना तथा र्‍यापिड सपोर्ट फोर्सेसबीच सुरु भएको भिडन्तमा परि कम्तिमा पनि ४ सय २० जनाको मृत्यु भइसकेको छ मानवीय संकट पनि सुरु भएको छ ।


आक्रमणका कारण कतिपय भवनहरु भत्किएका छन् । पसलहरूमा आगजनी तथा लुटपाट भएको छ । भिडन्त चलिरहँदा अधिकांश देशका सरकारले आफ्ना नागरिकको उद्दार गरिरहेका छन् ।

अमेरिका तथा बेलायतले आफ्ना नागरिकलाई उद्दार गरिसकेका छन् भने टर्की, जर्मनी र फ्रान्सले सुडानबाट आफ्ना नागरिकलाई निकाल्ने काम सुरु गरिसकेका छन् । यूरोपकै इटाली, नेदरल्यान्ड्स र ग्रिसले पनि चाडै आफ्ना नागरिकको उद्दार कार्य सुरु गर्ने जनाएका छन् ।

जोर्डन, साउदी अरेविया, स्पेन, पोर्चुगल, पोल्यान्ड, आयरल्यान्ड, मेक्सिको, भेनेजुएला, कोलम्बिया र अर्जेन्टिनाका पनि कैयौ नागरिक सुडानबाट बाहिरिएका छन् ।

घाना, भारत र लिबियाका सरकारले पनि आफ्ना नागरिकलाई फर्काउने कार्य सुरु गरेका छन् ।


Author

थप समाचार
x