इजिप्टले घातक झडपका बीच सुडानबाट ४३६ नागरिकलाई निकाल्यो
फाइल फोटो
कायरो - इजिप्टका अधिकारीहरूले आइतबार सुडानबाट चार सय ३६ इजिप्टियन नागरिकलाई बाहिर निकालेका छन् ।
छिमेकी देशमा भीषण लडाइँ जारी रहँदा इजिप्टको विदेश मन्त्रालयले सुडानी अधिकारीहरूसँगको समन्वयमा नागरिकहरूलाई त्यहाँबाट बाहिर निकालिएको हो ।
विज्ञप्तिमा भनिएको छ– खार्तूम, पोर्ट सुडान र वादी हाल्फा क्षेत्रमा रहेका इजिप्टका कूटनीतिक नियोगहरूले सुडानमा रहेका इजिप्टियन नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्याउनका निम्ति समन्वय गरिरहने छन् ।
सुडानमा इजिप्टियन नागरिकहरूको सङ्ख्या १० हजारभन्दा बढी छ । जसलाई द्वन्द्वग्रस्त देशबाट सुरक्षित निकासी सुनिश्चित गर्न कडा, सुरक्षित र व्यवस्थित योजनाबद्ध प्रक्रिया आवश्यक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
द्वन्द्व सुरु भएदेखि नै इजिप्टको ध्वजवाहक इजिप्ट एयरले सुडानको खार्तूम अन्तरराष्ट्रिय विमानस्थलमा उडान स्थगित गरेको छ ।
सुडानी सेना र अर्धसैनिक ¥यानपिड सपोर्ट फोर्स (आरएसएफ) बीचको झडप राजधानी खार्तुम र छेउछाउका सहरहरूमा नौ दिनदेखि जारी छ ।
यसैबीच सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार घातक झडपमा शनिबारसम्म कम्तीमा चार सय २४ जनाको मृत्यु भएको छ भने करिब तीन हजार सात सय ३० जना घाइते भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया