सुडानमा युद्धविरामका बीच गोलाबारी जारी
फाइल फोटो
सुडान - सुडानमा गएरातिदेखि जारी युद्धविरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन् । यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका छन् ।
दश दिनअघि प्रारम्भ भएको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका थिए ।
यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसंघीय निकायहरूले करिब दुई लाख सुडानी सुरक्षाको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।
जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा सुडानी र विदेशीहरू पनि पलायन भएका छन् । यसअघि तीन पटक गरिएका युद्धविरामका प्रयास असफल भएका थिए । राष्ट्रसंघीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया