विश्व

तालिवानले मार्‍यो अमेरिकी सेना फिर्तीको दिन काबुलमा विष्फोट गराउने आइएसआईएसका नेता

इकागज |
बैशाख १३, २०८० बुधबार ८:३१ बजे

काबुल- काबुल अन्तर्राष्ट्रिय विमानस्थलममा २०२१ को आत्मघाती बम विष्फोटको गराउने आइएसआईएसका नेता मारिएका छन् ।

तालिवान सरकारले आइएसआईएसका ती नेतालाई मारेको सिएनएनले जनाएको छ । सिएनएका अनुसार तालिवान प्रशासनले आइएसआईएसका ती नेताको नाम भने अझै सार्वजनिक गरेको छैन । 


अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको अन्तिम दिनमा उनको निर्देशनमा भएको आत्मघाती बिष्फोटमा परी १३ अमेरिकी सैनिक तथा १७० भन्दा बढी अफगान नागरिकले ज्यान गुमाएका थिए ।

अमेरिकाका रणनीतिक सञ्‍चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले उनको मृत्यु भएको पुष्टी गरेका छन् । ‘आज भयानक आक्रमणको मास्टरमाइन्ड भएको आतंककारीलाई तालिवान सरकारले मारेको खबर छ’ उनले भने । 

तर, किर्बीले तालिवानले आइएसआईएसका नेतालाई कहिले मारे ? भन्ने बारेमा कुनै जानकारी भने दिएनन् । 


Author

थप समाचार
x