विश्व

रुसी आक्रमणमा परी युक्रेनमा आठ जनाको मृत्यु

इकागज |
बैशाख १५, २०८० शुक्रबार १२:४२ बजे

काठमाडौँ- रुसी हवाइ आक्रमणमा परी युक्रेनमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । रुसले युक्रेनका विभिन्न सहरमा गरेको हवाइ आक्रमणमा थप ९ जना घाइते भएको बीबीसीले जनाएको छ ।

युक्रेनको राजधानी किभमा गरिएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने अन्य ९ जनालाई अस्पताल लगिएको छ ।


यता डनिप्रो सहरमा गरिएको आक्रमणमा एक महिला तथा उनकी ३ वर्षीया छोरीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनी संचारमाध्यमका अनुसार क्रेमेन्चुक र पोल्टाभा सहरमा समेत आक्रमण गरिएको छ ।

युक्रेनी सेनाले राजधानी किभमा ५१ दिनपछि पहिलो पटक रुसले आक्रमण गरेको जनाएको छ ।


Author

थप समाचार
x