विश्व

कोभिडको सुरुवाती तथ्याँक संकलन गरेका फाङ जेलमुक्त

इकागज |
बैशाख २०, २०८० बुधबार ११:१० बजे

काठमाडौँ- चिनियाँ सहर वुहानमा प्रारम्भिक कोभिड प्रकोपको दस्तावेजीकरण गर्ने फाङ बिन तीन वर्षपछि जेलबाट मुक्त भएका छन् । बीबीसीले जनाए अनुसार फाङ बिनजस्ता कैयौ मानिसहरु कोभिड प्रकोपको उदगम स्थल मानिने वुहानबाट भिडियो सार्वजनिक गरेपछि पक्राउ परेका वा वेपत्ता पारिएका थिए ।

गोप्य अदालती प्रकृयापछि फेब्रुअरी २०२० मा फाङलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो । उनी आइतबार जेलमुक्त भएको तथा उनको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ ।


फाङ वुहानको आफ्नो घरमा फर्किएको बीबीसीले जनाएको छ ।

फाङले कोभिड अस्पताल बाहिर पाँच मिनेटमै ८ जनाको शव प्लास्टिकको ब्यागमा राखेको भिडियो सार्वजनिक गरेपछि विश्वव्यापी रुपमै मान्छेको ध्यान तानेको थियो ।

उनले आफूलाई सोही रात पक्राउ गरिएपनि छाडिएको बताएका थिए । फाङ छुटेपनि अधिकारकर्मीहरुले भने मे २०२० मै चार वर्षका लागि पक्राउपरेका ३९ वर्षीय झाङ चानको अवस्थाबारे चिन्तित छन् ।


Author

थप समाचार
x