विश्व

सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु

इकागज |
बैशाख २१, २०८० बिहीबार १२:२० बजे

काठमाडौं - सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकाले गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ ।  प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् । 

मृत्यु हुनेमा आठ जना विद्यार्थी र एक जना सुरक्षागार्ड रहेका छन् । घाइते हुनेमा ६ जना विद्यार्थी र एक जना शिक्षक छन् । योजनाबद्ध रुपमा ती बालकले गोली चलाएको र उनलाई पक्राउ गरिएको सर्बिया प्रहरीले जनाएको छ । 


सो घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीनदिने शोकको घोषणा गरेका छन् ।
 


Author

थप समाचार
x