रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठूला तेल भण्डार ध्वस्त पारेको दाबी
काठमाडौँ- युद्धरत रुस र युक्रेनबीचमा थप तनाव बढेको छ ।
रूसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरू आक्रमण गरेपछि तनाब बढ्दै गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरूमा ड्रोन (क्षेप्यास्त्र) आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रामणपछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूला ठुला मुस्लो उठेको थियो ।
युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले आफ्नो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको निहत्था हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरूमा आक्रमण गरी ध्वस्त बनाइएको बताए ।
उनका अनुसार ४० हजार टन तेल भरिएका १० वटा ठूला तेल भण्डारमाथि आक्रामण गरी ध्वस्त बनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया