गोली प्रहारबाट ९ को मृत्यु भएको दोस्रो दिन सर्वियामा थप ८ जनाको हत्या
काठमाडौँ- सर्वियामा गोली प्रहारबाट ८ जनाको मृत्यु भएको छ । एक १३ वर्षीय विद्यार्थीले आफ्ना ९ जना साथीलाई गोली हानी हत्या गरेको दोस्रो दिन सर्वियामा पुनः एक हतियारधारीले ८ जनाको गोली हानी हत्या गरेको यूरोन्यूजले जनाएको छ ।
गोली लागि थप १३ जना घाइते भएको सर्वियाको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा सर्वियाको प्रहरीले एक २१ वर्षीय युवकको खोजी गरिरहेको छ ।
यसअघि १३ वर्षीय बालकले आफ्नै बुवाको बन्दुक लिएर बेलग्रेडको एक स्कुलमा ९ जनाको हत्या गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया