राजा चार्ल्सको राज्यभिषेक आज, विश्वभरीका विशिष्ट पाहुना बेलायतमा
लन्डन - बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुदैँछ । लन्डनको वेस्टमिन्स्टर एबीमा बिशेष समारोहका बीचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ राजमुकुट पहिराइने छ ।
सो बिशेष समारोहमा सहभागिताका लागि विश्वभरीबाट दुई हजार भन्दा बढी अतिबिशिष्ट पाहुनाहरु बेलायत आईपुगेका छन् । यसरी आउने पाहुनाहरूमा विभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरू, विश्वभरीका विभिन्न मुलुकका राजनेताहरू, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी हुदैँछन् ।
आज हुने विशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २।२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा शुशोभित गरिनेछ ।
सो राजमुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो ।
महारानी एलिजाबेथको निधन भए पछि उनका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन । उनको आज हुन गइरहेको राज्यभिषेक समारोह भने झन्डै तीन घन्टा चल्ने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया