बेलायती राजा चार्ल्सको राज्याभिषेक आज हुँदै
काठमाडौँ- बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक विशेष समारोहकाबीच आज हुँदैछ । राज्याभिषेकलाई भव्यताका साथ मनाउन बेलायत तथा विश्वभरीका लाखौ मानिसले तयारी गरिरहेका छन् ।
बीबीसीले जनाएअनुसार राज्याभिषेक बेलायती समयअनुसार ११ बजे हुनेछ । राज्याभिषेक नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । राजा चार्ल्सले रानी कामिला (क्विन कन्सोर्ट) सँगै लन्डनस्थित गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक हुने छ ।
सन् १०६६ अर्थात ९ सय ५७ वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरूको राज्याभिषेक हुने गरेको बीबीसीले उल्लेख गरेको छ । वेस्टमिन्स्टर आबीमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा बन्न लागेका हुन् ।
राज्याभिषेकका लागि विश्वभरीका नेता, राज्य परिवारका सदस्यसँगै चर्चित व्यक्तिहरुको उपस्थिति रहनेछ । २ सय ३ देशका २ हजार २ सय पाहुना राज्याभिषेकमा सहभागी हुनेछन् ।
त्यसैगरी, टेलिभिजनमार्फत संसारभरिका करोडौं मानिसले प्रत्यक्ष हेर्ने अपेक्षा समेत गरिएको छ ।
बृहत् समारोहकाबीच आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सलाई श्रीपेच पहिर्याउने कार्यक्रम रहेको छ । २.२३ किलो तौलको सुन र हीरा जवाहरात जडित उक्त श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरिने परम्परा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया