विश्व

चार्ल्स तृतियाको राज्याभिषेक चलिरहँदा बेलायतमा राजतन्त्रविरुद्ध प्रदर्शन, ५० बढी पक्राउ

इकागज |
बैशाख २४, २०८० आइतबार ८:५५ बजे

लन्डन- बेलायतमा राजतन्त्र बिरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी पक्राउ परेका छन् । 

शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन् ।  


अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार बेलायती राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने विरोधी समूहका नेतासहित ५० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरूले राज्यभिषेक समारोह चलिरहेको बखतमा मध्य लण्डनको ट्राफलगर स्कवायरलगायतकाका स्थानमा बेलायती राजसंस्थाविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

राजतन्त्र बिरोधी अभियानका बिरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नु अघि प्रदर्शनकारीहरूले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । उनीहरूले टिसर्टमा राजतन्त्र बिरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सो प्रदर्शन त्यही बेला गरिरहेका थिए, जुन बेला राजा चार्ल्स तृतियाको लन्डनमा भव्य राज्यभिषेक समारोह चलिरहेको थियो ।

यसरी पक्राउ परेकामाथि सार्वजनिक व्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x