विश्व

डढेलोका कारण क्यानाडामा आपतकालीन अवस्थाको घोषणा

इकागज |
बैशाख २४, २०८० आइतबार १२:५ बजे

काठमाडौँ- क्यानाडाको अलबर्टा प्रान्तमा जंगलमा लागेको डढेलोका कारण आपतकालीन अवस्थाको घोषणा गरिएको छ । डढेलोका कारण २५ हजार मानिसले घर छाडेको बीबीसीले जनाएको छ ।

एक सय भन्दा बढी स्थानमा डढेलो लागेपछि अलबर्टा प्रान्तका प्रिमियर ड्यानियल स्मिथले यसलाई अविश्वसनीय रहेको प्रतिक्रिया दिएका छन् । इस्टन सहरका ८ हजार मानिसलाई तत्काल सो स्थान छाड्न आग्रह गरिएको छ ।


स्मिथका अनुसार आगलागीका कारण १ लाख २२ हजार हेक्टर डढेको छ । डढेलो अनियन्त्रित भएको तथा हावाहुरीका कारण थप क्षेत्रमा डढेलो बढ्दै गएको छ । ड्रेटन उपत्यकामा कम्तिमा २० घर जलेर नष्ट भएको जनाइएको छ ।


Author

थप समाचार
x