विश्व

मणिपुर हिंसा : मृतकको संख्या ५२ पुग्यो

इकागज |
बैशाख २४, २०८० आइतबार १४:४० बजे

काठमाडौँ- भारतको मणिपुर राज्यमा जारी दुई समुदायबीचको हिंसाका क्रममा ५२ जनाको मृत्यु भएको छ । कुकी र मैतेई समुदायबीच बुधबारबाट हिंसात्मक झडप सुरु भएपछि कम्तीमा पनि ५२ जनाको मृत्यु भएको इन्डियन एक्सप्रेसलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

हिंसालाई नियन्त्रणमा लिने प्रयासस्वरूप राज्य सरकारले लगाइएको कर्फ्युलाई केही खुकुलो पारेको समाचारमा जनाइएको छ । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले शनिबार सर्वदलीय बैठक आह्वान गरेका थिए ।


मुख्यमन्त्री सिंहले कानुन-व्यवस्थाको स्थितिमा केही सुधार भएको दाबी गरेका छन् । उनले सर्वदलीय बैठकपछि अवस्थामा सुधार भएको दाबी गरेकाे बीबीसीले उल्लेख गरेको छ ।

हिंसामा ५२ जनाको मृत्यु भएको दाबी गरिए पनि सरकारी अधिकारीहरूले भने आधिकारिक रूपमा कुनै जानकारी गराएका छैनन् ।

सुरक्षाकर्मीले हिंसालाई नियन्त्रण लिन चलाएको गोलीबाट पनि कैयौँको मृत्यु भएको समाचारहरूमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x