विश्व

सुनसहित दुई भारतीय पक्राउ

इकागज |
बैशाख २६, २०८० मंगलबार ९:४ बजे

कोलकत्ता- सीमा सुरक्षा बल (बीएसएफ)ले पश्चिम बंगालको उत्तर परगनास्थित भारत–बंगलादेश सीमाबाट दुई तस्करलाई पक्राउ गरेको छ। 

प्रहरीले तस्करहरूका साथबाट करिब ४ करोड २४ लाख रुपैयाँ मूल्यका ५२ वटा सुनका बिस्कुट बरामद गरेका छन् ।


बीएसएफको दक्षिण बङ्गाल फ्रन्टियरका अनुसार आईसीपी पेट्रापोल १४५ बटालियनका कर्मचारीले रोयल फ्रेन्डसिप इन्टरनेशनल प्यासेन्जर बसवाट बंगलादेशबाट भारत सुन तस्करी गर्ने सूचना पाएका थिए ।

सो यात्रु बस अगरतलाबाट ढाका हुँदै कोलकाता जाँदै थियो । सोही बेला उनीहरू पक्राउ परेका हुन् । 


Author

थप समाचार
x