विश्व

रुसद्धारा युक्रेनमाथि सबैभन्दा ठूलो कामिकाजे ड्रोन आक्रमण

इकागज |
बैशाख २६, २०८० मंगलबार १०:२८ बजे

किभ- रुसले ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु गरेपछि युक्रेनभर हवाई आक्रमणको साइरन बज्न थालेको छ ।

राजधानी किभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरू घाइते भएका छन्।


दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । युक्रेनको रेड क्रसले आफ्नो गोदाममा आक्रमण भएको जनाएको छ ।

यो किभमा आठ दिनमा भएको चौथो आक्रमण हो ।

रसियाले विजय दिवस मनाउनु २४ घण्टा अगाडी यो आक्रामण भएको हो । बिजय उत्सवको वार्षिक बिदामा रुसले दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको स्मरण गर्दै आएको छ । 


Author

थप समाचार
x