इमरान खान पक्राउ पछि पाकिस्तानमा भड्कियो हिंसा, आज देशैभरिका विद्यालय बन्द
इस्लामवाद - पुर्ब प्रधानमन्त्री इमरान खानको पक्राउ पछि भड्किएको हिंसा कारण आज पाकिस्तानमा निजी स्कुलहरू सबै बन्द हुने भएका छन् । हिजो इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभर विरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।
यसैगरी, मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।
आइतबारको एक र्यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए– फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् ।
यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने– ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।
खान पक्राउ परेपछि यस्त विरोधका कार्यक्रमहरू तय भएका छन् ।
- हिंसाका कारण आज देशभरका निजी विद्यालय बन्द रहने छन् ।
- पीटीआईले आफ्ना नेता र कार्यकर्तालाई बिहान ८ बजे इस्लामावाद न्यायिक कम्प्लेक्समा भेला हुन आग्रह गरेको छ ।
- पीटीआई नेता फवाद चौधरीले इस्लामावाद हाईकोर्टको फैसलाविरुद्ध पार्टीले सर्वोच्च अदालत जाने बताएका छन् ।
- पञ्जाब प्रान्तमा दुई दिनदेखि धारा १४४ लागू गरिएको छ। पेशावरमा ३० दिनका लागि धारा १४४ लगाइएको छ ।
- पीटीआई नेता कासिम सुरीले क्वेटामा प्रदर्शनका क्रममा पार्टी कार्यकर्ताको मृत्यु भएको दाबी गरेका छन् ।
- इस्लामावाद प्रहरीले ५ अधिकारी घाइते भएको र ४३ प्रदर्शनकारीलाई हिरासतमा लिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया