इमरान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, चार जनाको मृत्यु
इस्लामबाद- पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ ।
उनको पक्राउ पछि भएको हिंसामा परी पेशावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
मंगलबार पक्राउ परेका पुर्व प्रधानमन्त्री इमरानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।
यसैगरी इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामाबाद, पञ्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पञ्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।
पीटीआईका नेताहरु असद उमरलाई आईएचसीबाट र फवाद चौधरीलाई एससीबाट गिरफ्तार गरिएको छ भने इमरानको गिरफ्तारीमा आईएचसीको फैसलाविरुद्ध पीटीआईले सर्वोच्च अदालत पुगेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया