विश्व

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प

इकागज |
बैशाख २८, २०८० बिहीबार १३:१९ बजे

नुकुआलोफा- टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले  उल्लेख गरेको छ ।

टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो ।


भूकम्प १६:०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो । अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ ।

अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन् । (एएनआई)


Author

थप समाचार
x