विश्व

इथोपियामा हैजाबाट मर्नेको संख्या ९८ पुग्यो

इकागज |
बैशाख ३०, २०८० शनिबार १०:३८ बजे

फाइल फोटो

काठमाडौं - इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ ।​ दक्षिणपूर्वी इथोपियामा फैलिएको हैजाका कारण अहिलेसम्म ९८ जनाको मृत्यु भएको हो । 

संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गत साता देखी फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो । हाल, दक्षिणी पुर्वी इथोपियाका हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ ।


इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सर्तकर्ता बढाइएको छ । चिकित्सकहरुलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिइएको छ । 

सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने विषादीहरु प्रयोग गरिएको छ ।

उता, यूएनओसीएचएले हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आव्हान गरेको छ ।


Author

थप समाचार
x