न्यु योर्कमा गोरा अमेरकीद्वारा काला नागरिकको घाटी थिची हत्या
फाइल फोटो
न्यूयोर्क - श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइदै छ।
मे १ मा नीलीको मृत्यु भएकै दिनमा न्यु योर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो ।
मे ३ मा नीलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ ।
म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले बिहीबार पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया