महाराष्ट्रमा भड्कियो हिंसा, स्थिति नियन्त्रण लिन धारा १४४ लागू
मुम्बई - महाराष्ट्र अकोलाको पुरानो शहरमा दुई समुदायबीच झडप भएको छ ।
सो झडपमा परेर एक जनाको मृत्यु भएको छ भने एक प्रहरीसहित तीन जना घाइते भएका छन् । सो झडप पछि प्रहरीको संख्या बढाइएको छ भने स्थितिलाई नियन्त्रणमा लिनका लागि कलेक्टरले त्यहाँ धारा १४४ लगाएका छन् । भारतमा धारा १४४ ले पाँच जना भन्दा बढी मानिसलाई एकै ठाउँमा जम्मा हुन रोक लगाउँछ । मानिस एकै ठाउँमा जम्मा हुँदा हिंसा भड्किने अवस्था देखिएमा यो धाराको प्रयोग गरिन्छ ।
साथै, सो झडपछि सो क्षेत्रमा धैरै नै तोडफोड हुन पुगेको छ भने दर्जनौं गाडीहरू तोडफोडमा परेका छन ।
जानकारी अनुसार महाराष्टको अकोला शहरमा शनिवार एउटा पोष्ट इन्स्टाग्राममा बिबादित सामग्री प्रकाशित भएको थियो । सो सामग्री प्रकाशित भए पछि असन्तुष्ट एक समुदायले प्रहरी थानामा पुगेर आफ्नो असहमति दर्ज गराएको थियो ।
यसैक्रममा प्रहरी थानामा पुगेको उक्त भिड अचानक भड्किन पुगेको थियो । उक्त भीड भड्के पछि दुई समुदायको बीचमा झडप सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया