कर्नाटक जितपछि राहुल गान्धीले भने, 'नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो'
नयाँदिल्ली - कर्नाटकको निर्वाचन कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् । भारतीय जनता पार्टीलाई पराजित गर्दैै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकबाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।
‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले निर्वाचन परिणाम पछि भने, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनि क्यापिटलिस्टलाई पनि हराएको छ ।’
कर्नाटकमा कांग्रेसले सरकार बनाउन आवश्यक ११३ सिट भन्दा बढी अर्थात १३६ सिटमा विजय हासिल गरेको छ भने भाजपा ६५ सिटमा सीमित हुन पुगेको छ । यसैगरी, जेडिएस १९ सिट र अन्यले ४ सिटमा विजय हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया