विश्व

प्रतिघण्टा १७० किलोमिटरको बेगले आउँदैछ बंगलादेशमा आँधी, 'मोखा'बाट बचाउन ५ लाखलाई सुरक्षित ठाउँमा सारियो

इकागज |
बैशाख ३१, २०८० आइतबार १०:१७ बजे

ढाका- अकल्पनिय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बंगलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बंगालको खाडीमा विकसित भइरहेको  ‘मोखा’ नामक चक्रवातले विध्वंस निम्ताउन सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित विध्वंसबाट बचाउनका लागि बंगलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ । 


प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने ‘मोखा’ नामको आँधीले बंगलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आंकलन गरी सो शिविरहरू निमार्ण गरिएको हो । सो आँधी आइतबार साँझ कक्स बजारको जमिनलाई तहस नहस गरेर अघि बढने मौसमविद्‌हरूले अनुमान गरेका छन् । सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिविरमा बसोबास गरिरहेका छन् ।

हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ । यसैगरी कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरूमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिइएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरोसमेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।

बंगलादेशले दुई दशकपछि आइरहेको सबैभन्दा शक्तिशाली आँधीको रुपमा मोखालाई लिएको छ ।

मोखाचक्रवातको प्रभाव नेपालमा छ ?


Author

थप समाचार
x