विश्व

बाढी र पहिरोमा परी रुवान्डामा १ सय ३५ जनाको मृत्यु

इकागज |
बैशाख ३१, २०८० आइतबार १०:१९ बजे

काठमाडौँ- बाढी र पहिरोमा परी रुवान्डामा कम्तिमा पनि १ सय ३५ जनाको मृत्यु भएको छ । रुवान्डाको सरकारी अधिकारीलाई उदृत गर्दै आईएएनएसले जनाएअनुसार पछिल्लो समय गएको बाढी र पहिरोमा परी थप हजारौ मानिस घरबारविहिन भएका छन् ।

मे २ र ३ तारिखमा देशको विभिन्न प्रान्तहरुमा गएको बाढी र पहिरोका करण कम्तिमा पनि १ सय १० जना घाइते भएको तथा १३ जनाको अझै उपचार जारी रहेको सरकारी अधिकारीले जनाएका छन् ।


५ हजार ९ सय ६३ घर भत्किदाँ २० हजार भन्दा बढी मानिस घरबारविहिन भएका हुन् । उनीहरु अहिले विभिन्न ८३ अस्थायी टहरामा बसिरहेको आपतकाल व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाएअनुसार २० वटा राष्ट्रिय राजमार्ग पनि क्षतिग्रस्त भएको छ ।


Author

थप समाचार
x