मलाई १० वर्ष जेल हाल्न खोजिएको छ : इमरान खान
इस्लामबाद- पाकिस्तानमा राजनीतिक उथलपुथल जारी छ । पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले धेरै सहरमा विरोध प्रदर्शन गरिरहेका छन् ।
यसैबीच इमरान खानले सोमबार दाबी गरेका छन् कि देशको शक्तिशाली सैन्य प्रतिष्ठानले उनलाई देशद्रोहको आरोपमा १० वर्षसम्म जेलमा राख्ने योजना बनाएको छ।
पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) प्रमुखले सोमबार बिहान ट्वीटहरूको श्रृंखलामा भने, ‘म जेलमा हुँदा उनीहरूले हिंसाको बहानामा न्यायाधीश, निर्णायक र जल्लादको भूमिका निभाएका थिए । अब बुशरा बेगम (खानकी पत्नी) लाई जेलमा हाल्ने र देशद्रोहको कानुन प्रयोग गरेर मलाई आगामी १० वर्ष जेलमा राखेर अपमान गर्ने योजना हो ।’
इमरान खानको लाहोरस्थित निवासमा पीटीआई नेताहरूको बैठकपछि यो ट्वीट आएको हो । ७० वर्षीय नेता सयभन्दा बढी मुद्दामा धरौटीमा छुटेका छन् । ‘मानिसहरूले प्रतिक्रिया नदेओस् भनेर सुनिश्चित गर्न, तिनीहरूले दुई वटा काम गरेका छन् पहिलो, जानाजानी पीटीआई कार्यकर्ताहरूलाई मात्र होइन, आम नागरिकहरूलाई पनि आतंकित पार्ने र दोस्रो, मिडियालाई पूर्ण रूपमा नियन्त्रित गरेर र दमन गरिएको छ’ उनले भने ।
इमरान खानले ‘चादर र चार दिवारी’को पवित्रता हनन गरिरहेका जनाउँदै उनले त्यो आजसम्म कहिल्यै नभएको पनि बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया