थाइल्यान्ड निर्वाचनः विपक्षी दलले सरकार बनाउने सम्भावना बलियो
काठमाडौँ- थाइल्यान्डमा आइतबार भएको आम निर्वाचनमा विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी) र फेउ थाइ पार्टी धेरै सिटमा विजयी हुने तथा सर्वाधिक समानुपातिक मत प्राप्त गर्ने निश्चित भएको छ ।
अलजजिराले जनाए अनुसार प्रतिनिधि सभाको ५ सय सिटमध्ये २ सय ८६ सिटमा एमएफपी र फेउ थाइ विजयी हुने मतगणनाले देखाएको छ ।
एमएफपीले ४ सय प्रत्येक्ष सिटमध्ये १ सय ४७ तथा एक सय समानुपातिक सिटमध्ये ३५ सिटमा विजयी हुने थाइल्यान्डको निवार्चन आयोजकको वेबसाइटमा राखिएको विवरणले देखाएको छ ।
त्यसैगरी, फेउ थाइले प्रत्यक्षतर्फ १ सय १२ तथा समानुपातिकतर्फ २७ सिटमा विजयी हुने आंकलन गरिएको छ ।
सन् २०१४ मा शैन्य कुमार्फत सत्तामाथि कब्जा गरेका प्रधानमन्त्री प्रयुथ चान-ओचाको युनाइटेड थाइ नेसन पार्टीले केवल ३६ सिट तथा उनको पुरानो पार्टी पालाङ प्रचारथले ४० सिटमा जित हात पार्ने अनुमान गरिएको छ ।
तर थाइल्यान्डमा सेनाबाट चुनिएका २ स ५० सिनेटले प्रधानमन्त्री निर्वाचनका लागि मत गर्न पाउने प्रावधान छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया