विश्व

उत्तर प्रदेशमा ४० बाँदर मृत फेला

इकागज |
जेठ १, २०८० सोमबार २१:४४ बजे

फाइल तस्बिर

नयाँदिल्ली- भारतको उत्तर प्रदेशमा कम्तीमा ४० वटा अवस्थामा फेला परेका छन् । 

राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब १२१ किलोमिटर पूर्वमा पर्ने हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदर फेला परेका हुन् । 


वन विभागका अधिकारीले बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का व्यक्त गरे । उनले भने, 'गढमुक्तेश्वर क्षेत्रको झाडीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेको हामीले थाहा पायौं । हाम्रो टोलीले घटनास्थलमा थुप्रै तरबुजा र गुड़का टुक्रा फेला पारेको छ,' वन विभागका एक अधिकारीले भने । 

'मुख्यतः बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का गरिएको छ, पुष्टि हुन अझै बाँकी छ,' उनले भने । प्रहरी टोली पनि घटनास्थलमा पुगेको छ र बाँदरको मृत्युको अनुसन्धानका लागि मुद्दा दर्ता गरिएको छ ।

'घटनास्थलमा छरिएर रहेका खाद्य वस्तुमा विष मिसाइएको छ कि छैन भनेर पत्ता लगाउन नमुना सङ्कलन गरिएको छ,' उनले भने । 

यसैबीच वन विभागका अधिकारीले केही मृत बाँदर परीक्षणका लागि बरेलीस्थित भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा पठाएका छन् । सिन्ह्वा


Author

थप समाचार
x