विश्व

जापानका विदेशी पर्यटकको आगमन अप्रिलमा महामारीपूर्वको अवस्थामा

इकागज |
जेठ ५, २०८० शुक्रबार ६:३३ बजे

फाइल तस्बिर

टोकियो- जापानमा पर्यटकको आगमन कोभिड माहामारी पूर्वको अवस्थामा फर्केको जापानको सरकारी तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ महामारीअघि सन् २०१९ अप्रिलसम्मको अवस्थामा पुगेको र यो बर्ष अप्रिलमा जापान आउने विदेशी पर्यटकको सङ्ख्या अघिल्लो बर्षको तुलनामा ६६.६ प्रतिशतले बृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।


जापानको राष्ट्रिय पर्यटन संगठनका अनुसार चेरी फूलको मौसममा पर्यटनको उच्च वृद्धि भई गत महिना जापानमा अनुमानित १९ लाख ४९ हजार १०० विदेशी पर्यटकले अवलोकन गरेका थिए ।

सन् २०२० को फेबु्रअरीमा महामारीका कारण विदेशी पर्यटकको आगमनमा तीव्र गिरावट आएयता यो सङ्ख्या सबैभन्दा बढी हो ।

यसैबीच वैदेशिक रोजगारीमा जाने जापानीको सङ्ख्या पाँच लाख ६० हजार २०० पुगेको छ, जुन गत वर्षको अप्रिलमा एक लाख २९ हजार १६८ रहेको थियो । यद्यपि, यो सङ्ख्या सन् २०१९ को अप्रिल महिनाको तुलनामा ६६.४ प्रतिशतले कम हो । (सिन्ह्वा)


Author

थप समाचार
x