युक्रेनलाई लडाकु विमान उपलब्ध गराउन अमेरिकाले आफ्ना सहयोगीलाई अनुमति दिने
काठमाडौँ- अमेरिकाले आफ्ना पश्चिमी सहयोगीहरूलाई युक्रेनलाई अमेरिकी निर्मित एफ-१६ सहितका उच्च प्रविधियुक्त लडाकु विमानहरू आपूर्ति गर्न अनुमति दिने बताएको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानमा जारी ग्रुप अफ सेभेन (जी-७) को शिखर सम्मेलनमा उक्त निर्णयबारे जानकारी गराएको बताए ।
सुलिभानका अनुसार अमेरिकी सेनाले युक्रेनी पाइलटलाई उक्त लडाकु विमानहरु संचालन गर्न सिकाउने छन् । युक्रेनले लामो समयदेखि उच्च प्रविधियुक्त लडाकु विमान खोजिरहेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको उक्त निर्णयको स्वागत गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया