जब राहुल गान्धी ट्रक चढेर चण्डीगढ पुगे...
नयाँदिल्ली- कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीबाट चण्डीगढ गएका छन् ।
उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन् । यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्धा र समस्याबारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ ।
कर्नाटक विधानसभा निर्वाचनको जितपछि उनी ट्रकको यात्रामा निस्केको तस्विरहरू सार्वजनिक भएका हुन् ।
कर्नाटक निर्वाचनपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद् भवनको उद्घाटनप्रति उनले आपत्ति जनाएका छन् ।
उनले सो संसद् भवनको उदघाटन राष्ट्रपतिको हातबाट गर्नुपर्ने माग राख्दै आएका छन् । हालै सो संसद् भवनको निमार्ण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद् भवनको उद्घाटन गर्ने जनाइएको छ ।
लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा मोदीले सो संसद् भवन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया