विश्व

बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा

इकागज |
जेठ ११, २०८० बिहीबार ९:६ बजे

मस्को- रुस–युक्रेन युद्धमा रुसको नीजि सैनिकका २० हजार सेना मारिएको खुल्न आएको छ । रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा भएको लडाईंमा २० हजार सैनिक मारिएका हुन् । 

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफना समूहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताएपछि सो रहस्य खुल्न आएको हो । प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तवार्तामार्फत उनले यो खुलासा गरेका हुन् ।  


पश्चिमा देशहरूको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरू तयार रहेको सूचना आएकोसमेत उनले जनाएका छन् । जसकारण रुसले पनि पश्चिमा सहयोगमा हुन सक्ने युक्रेनी आक्रामणको प्रतिकारका लागि पुर्ण रुपमा तयारी अवस्थामा रहनुपर्ने उनको सुझावसमेत सार्वजनिक भएको छ ।

मस्कोले भने बाख्मत शहर कब्जा गर्ने प्रयासमा आफना ६ हजार सैनिक मात्रै मारिएको दावी गरिरहेको बेला निजी सेनाका प्रमुखले भने उसको दाबीभन्दा १४ हजार भन्दा बढी सैनिक मारिएको जनाएको हो । 

निजी सैनिक समुह वागनरमा कम तालिमप्राप्त लडाकुहरू धेरै भएकाले यति धेरै मात्रामा क्षति भएको अनुमान युद्ध बिश्लेषकहरुले गरेका छन् । 


Author

थप समाचार
x