विश्व

जापानमा चार जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

इकागज |
जेठ १२, २०८० शुक्रबार ७:५५ बजे

सांकेतिक तस्बिर

टोकियो- जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन् । 

मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 


जापनीज सञ्चार माध्यमका समाचार अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए । सो घटनामा समग्रमा चार जना मारिएका थिए भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ । तर, उनको नाम भने सार्वजनिक गरिएको छैन । 

तर, उनले चार जनामाथि किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो ? त्यो भने अझै खुल्न सकेको छैन । प्रहरी हिरासतमा रहेका कारण उनीमाथि छानबिन जारी रहेकाले केही समयपछि सो गोलीकाण्डको उदेश्यबारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानी हत्या गरिएपछि यो पछिल्लो घटनालाई उत्तिकै दर्दनाक मानिएको छ किनभने जापानमा बन्दुकमार्फत हुने हिंसा अत्यन्तै दुर्लभ घटनाको रुपमा लिइन्छ । 
 


Author

थप समाचार
x