अमेरिकामा ऋणको सीमा बढाउन 'सैद्धान्तिक सम्झौता'
न्युयोर्क- अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार 'सैद्धान्तिक सम्झौता' गरेका छन् ।
यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ, अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । 'वार्ता टोलीले यसको पाठलाई अन्तिम रूप दिनेछ र सम्झौता हाउस र सिनेटमा जानेछ' राष्ट्रपतिले भनेका छन् ।
अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा यस बारे उल्लेख गरेका छन् ।
ऋण सीमा सम्झौताको पाठ आइतबार सांसदहरूलाई उपलब्ध हुनेछ र प्रतिनिधिसभाले बुधबार मतदान गर्नेछ, म्याकार्थीले भने । अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले शुक्रबार भनेका छन् यदि कांग्रेसले ५ जुनसम्म ऋण सीमा बढाएन वा निलम्बन नगरेमा ट्रेजरी विभागसँग सरकारको दायित्वहरू पूरा गर्न स्रोतहरू पर्याप्त हुने छैनन् ।
अमेरिकी कङ्ग्रेसनल रिसर्च सर्भिसका अनुसार दोस्रो विश्वयुद्धपछि ऋणको सीमा १०२ पटक परिमार्जन गरिएको छ। (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया