तेस्रो कार्यकालका लागि टर्कीका राष्ट्रपतिले लिए शपथ
टर्की- टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा शपथ ग्रहण गरेका छन् । उनको यो शपथसँगै आगामी पाँच वर्षको लागि आफ्नो तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको छ ।
एर्दोगानले संसदमा सपथ ग्रहण समारोह पछि राजधानी अंकारामा अवस्थित राष्ट्रपति भवनमा विश्व नेताहरूको उपस्थितिमा भव्य समारोह आयोजना हुनेछ।
राष्ट्रपतिले आफ्नो शपथ सँगै आफ्नो नयाँ मन्त्रिपरिषद्को नाम पनि घोषणा गर्ने अपेक्षा गरिएको छ।
गत मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनमा एर्डोगानले आफ्ना प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई पराजित गर्दै ५२.१८ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए ।
सन् २००३ मा प्रधानमन्त्री भएदेखि नै देशको नेतृत्व गर्दै आएका राष्ट्रपति सन् २०१७ मा भएको संवैधानिक जनमत संग्रहले तुर्किएको संसदीय प्रणालीलाई राष्ट्रपतीय प्रणालीमा परिणत गरेपछि २०१८ मा तुर्किएको पहिलो कार्यकारी राष्ट्रपति बनेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया