रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं -भारतका रेलमन्त्री अश्विनी
नयाँ दिल्ली - भारतका रेलमन्त्री अश्विनी वैश्णवले भर्खरै ओडिशामा भएको रेल दुर्घटना र दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन् ।
'यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन', मन्त्रीले भने ।
'हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं,' भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईलाई भनेका छन् ।
विद्युतीय संकेत र अन्य विभिन्न कुराहरू यसका पछाडि जिम्मेवार छन् तर त्यसको विस्तृत विवरण अहिले सार्वजनिक गर्नु नहुने उनको तर्क छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया