विश्व

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पलाई टक्कर दिँदै पुर्वउपराष्ट्रपति पेन्स चुनावी मैदानमा

इकागज |
जेठ २३, २०८० मंगलबार ७:२२ बजे

बासिंगटन डिसी- अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि धेरैले दाबी सुरु गरेका छन् । 

यसैक्रममा पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि रिपब्लिकन पार्टीको पक्षबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी प्रस्तुत गरेका छन् ।


पेन्सले स्थानीय समय अनुसार मनोनयनका लागि कागजी कार्य पूरा गरेका हुन् । पेन्सको दाबीले रिपब्लिकन पार्टीभित्रका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि अर्को चुनौती खडा गरेको छ। अब ट्रम्पसँग उनको प्रत्यक्ष भिडन्त हुन सक्ने देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार पेन्सले बुधबार औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेर आफ्नो अभियान सुरु गर्ने तयारी गरेका छन् । माइक पेन्सले पूर्व राष्ट्रपति ट्रम्पसँग उपराष्ट्रपतिको रूपमा काम गरेका छन् र उनी ट्रम्पका कट्टर समर्थक थिए। अब अमेरिकाको सबैभन्दा पुरानो पार्टीमा ट्रम्पलाई चुनौती दिन उनी अगाडी आएका छन् ।


Author

थप समाचार
x