सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
लन्डन- बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन् ।
बेलायती अखबार डेली मिररविरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन् ।
डेली मिररका पत्रकारहरूमाथि फोन ह्याकिङलगायतका गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपको मुद्धा अदालतमा चलिरहेको छ । एमजीएनको जासुसी र धोखाका कारण उनको व्यक्तिगत जीवनमा धेरै असर गरेको डेली मिररका पत्रकारहरूमाथि आरोप छ ।
राजकुमार ह्यारी अब शाही परिवारमा छैनन् र आफ्नी पत्नी मेगन मार्कल र दुई बच्चाहरूसँग अमेरिकामा बस्छन् ।
डेली मिरर, सन्डे मिरर र सन्डे अपीलले फोन ह्याकिङ र धोखाधडी सञ्चालन गरेको एमजीएनमाथि आरोप छ । एमजीएन सन २०१० देखि २०१९ सम्म निजी गुप्तचरहरूबाट निजी जीवनको बारेमा जानकारी सङ्कलन गर्ने कार्य गर्दथ्यो । एमजीएनले यो विवादबारेमा भनेको छ कि अदालतमा मुद्दा ल्याउन ढिला भयो ।
अभियुक्त पक्षका वकिलले राजकुमारलाई मुद्दामा प्रश्न सोध्न सक्छन् । राजकुमारका वकिलले पत्रकारहरूलाई भने कि सुनुवाई सुरु हुनु अघि ह्यारीलाई दिवंगत आमा राजकुमारी डायनाको आवाज सुनाइएको थियो।
ह्यारी भन्छन् कि १४० वा रिर्पोटहरु जो प्रकाशित भएका थिए, त्यो फोन ह्याकिङ वा अन्य गैरकानूनी कार्यहरूको परिणामबाट छापिन पुगेका थिए । उनका वकिलहरूले भने की जसका कारण लामो समयदेखि प्रेमिका चेल्सी डेभीसँगको राजकुमार ह्यारीको सम्बन्ध तोडिन पुग्यो ।
ह्यारीले बेलायती अखबारहरूविरुद्ध उच्च अदालतमा चार वटा मुद्दा दायर गरेका छन्, ती मध्ये यो केस पनि एक हो । उनले मर्डोकको एनजीएनमा पनि मुद्दा हाल्दैछन् । उनले एनजीएनको सन ट्याब्लोइडलाई पनि फोन ह्याकिङ र अन्य गैरकानूनी कार्यको आरोप लगाएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया