विश्व

युक्रेनी बाँध भत्किँदा १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै

इकागज |
जेठ २५, २०८० बिहीबार ८:५ बजे

मस्को- दक्षिणी युक्रेनमा ठूलो जलविद्युत्‌ बाँध काखोभका भत्किएपछि सयौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

उक्त बाँध भत्किएपछि डिनिप्रोको किनारका १ हजार ८ सय भन्दा बढी घरहरू डुबानमा परेपछि १५ हजार मानिसहरूलाई विस्थापित हुन पुगेका छन् । साथै, सो क्षेत्रमा तोप र गोलाबारीको आवाज पनि सुनिएको छ ।


बाँध भत्केपछि युक्रेनको दक्षिणी खेरसनको ठूलो भाग जलमग्न भएको छ । आगामी २० घण्टामा पानीको सतह अर्को एक मिटरले बढ्ने अनुमान गरिएको छ, डिनिप्रोको किनारमा रहेका तल्लो क्षेत्रहरू डुबानमा पर्दै जाने छ, एक अधिकारीहरूले भने । धेरै स्थानीयले डरले घरको छतमा रात बिताएका छन् । 

बस र रेलद्वारा अत्यावश्यक सामानहरूसहित तिनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिएको थियो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभका बाँधको पतनलाई सामूहिक विनाशको वातावरणीय बम भनेका छन् । यसले ८० सहर र गाउँमा बाढीको खतरा सिर्जना गरेको छ । जेलेन्स्कीले यसका लागि रुसलाई दोष दिएका छन् ।

तर, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले भने सो दुर्घटनामा नाटोको हात रहेको आरोप लगाएका छन् । 

बुधबार भएको काखोभका बाँध विस्फोटको जिम्मेवारी अमेरिका, बेलायत र यसका नाटो सहयोगीहरूले लिनुपर्ने उनको भनाई छ । 

उनले युक्रेनमा बम विष्फोट गर्न यी देशले सहमति दिएको बताए । दुवै देशले एकअर्कालाई बाँध भत्काएको आरोप लगाउँदै आएका छन् ।


Author

थप समाचार
x