म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या
याङुन- गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्याबको निधन भएको छ ।
टाउकोमा गोली लागेर घाइते भई याङ्गुन अस्पतालमा उपचाररत गायिका क्याबको एक सातापछि मृत्यु भएको हो ।
कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनीमाथि गोली हानेका थिए ।
बीबीसीका अनुसार ५८ वर्षीया गायिका क्याब सेनाका उच्च अधिकारी तथा जुन्ताका शीर्ष नेताहरूको नजिक थिइन् । उनलाई जुन्ताको सूचनादाता भएको आरोप पनि लगाइँदै आइएको थियो ।
उनको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरु सेनाको विरुद्धमा सहरी छापामार गरिरहेका समूहसँग सम्बन्धित रहेको बताइएको छ ।
क्याबको हत्या उच्च प्रोफाइल सरकारी समर्थकहरूको हत्याको शृङ्खलाको पछिल्लो घटना हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया