फ्रान्समा ६ जना अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार
फाइल फोटो
पेरिस - फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिका छुरी आक्रमणको शिकार भएका छन् ।
बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै सुरक्षा स्रोतले एएफपीलाई बताएको छ । आक्रमणकारीलाई पक्राउ गरिएको छ ।
आक्रमणमा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको सुरक्षा स्रोतले बताएको छ ।
प्रधानमन्त्री एलिजाबेथ बोर्न आक्रमणबारे जानकारी लिन र त्यहाँको वस्तुस्थिति बुझ्न घटनास्थल जाने तयारमी छिन् । । फ्रान्सेली सञ्चारमाध्यममा आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसद्का सदस्य एक मिनेट मौन भएका थिए ।
आक्रमणकारी फ्रान्समा शरण चाहने सिरियाली नागरिक भएको बताइएको छ । यसैबीच, राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया