श्रीलंकाले थप तीन सय वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो
फाइल फोटो
कोलम्बो - श्रीलंका सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ ।
राष्ट्रपति रानिल विक्रमासिंघेद्वारा वित्त, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीति मन्त्रीको रूपमा जारी गरिएको राजपत्र अधिसूचनापछि यो नयाँ नीति शुक्रवारदेखि लागू भएको हो ।
श्रीलंका सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर तीमध्ये ८०० भन्दा बढी वस्तुमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।
सन् २०२२ मा श्रीलंकाको कुल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र सन् २०२१ को तुलनामा ११.४ प्रतिशतले कमी आएको सरकारी तथ्यांकले देखाएको छ ।
श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२२ को अधिकांश समय अत्यावश्यक बाहेकका आयातमा प्रतिबन्ध लगाउने उपायका कारण बजारमा तरलताको अभाव कायम रहेकाले यो निर्णय गरिएको जनाएको छ ।
श्रीलंकाका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरुप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया