विश्व

इटालीका पूर्व प्रधानमन्त्री तथा ‘मिडिया टाइकुन’ सिल्भियो बेरलुस्कोनीको निधन

इकागज |
जेठ २९, २०८० सोमबार १६:९ बजे

काठमाडौँ- इटालीका पूर्व प्रधानमन्त्री तथा ‘मिडिया टाइकुन’ सिल्भियो बेरलुस्कोनीको निधन भएको छ । सिल्भियोको ८६ वर्षको उमेरमा निधन भएको युरोन्यूजले जनाएको छ ।

मिलानको सान राफेले अस्पतालमा उपचारका क्रममा सिल्भियोको निधन भएको हो । उनको निधनसँगै इटालीको प्रेसको एक युगको अन्त्य भएको विश्लेषण गरिएको छ ।


तीन पटक इटालीको प्रधानमन्त्री बनेका सिल्भियो इटालीका एक सबैभन्दा सफल व्यापारीको रुपमा रहेका छन् । विगत ३० वर्षदेखि उनी इटालीको राजनीतिमा प्रभावशाली व्यक्तिको रुपमा रहेका थिए ।

उनले इटालीको सबैभन्दा ठूलो नीति संचारमाध्यम मिडियासेटबाट व्यवसाय सुरु गरेका थिए । खासै अनुभव नभएपनि उनी इटालीको राजनीतिको शीर्ष स्थानमा उभिन सफल भए । सिल्भियो सन् १९९४, २००१ र २००८ मा प्रधानमन्त्री बनेका थिए ।

उनीमाथि १८ वर्षभन्दा कम उमेरको महिलासँग यौन सम्पर्क गर्न रकम तिरेको आरोप समेत लागेको थियो । जसका कारण उनलाई ‘रबी टेर’ उपनाम दिइएको थियो ।


Author

थप समाचार
x