विश्व

बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या

इकागज |
जेठ ३०, २०८० मंगलबार १४:३० बजे

फाइल फोटो

पेरिस - फ्रान्सको ब्रिट्नीको सेन्ट(हर्बोटमा  ११  वर्षीया बेलाइती कन्याको आइतबार गोली हानी हत्या गरेको छ ।  सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो ।  आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् ।

उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् ।  उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको  बताइएको छ ।


घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमा बाबुलाई गम्भीर चोट लागेको थियो ।  घटनाको एक घण्टा पछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको  छ ।

प्लोनेभेज(डु(फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो। रासस


Author

थप समाचार
x