विश्व

चीनमा एक लाख ८० हजारभन्दा बढी विरुद्ध वित्तीय ठगीको आरोपमा मुद्दा

इकागज |
जेठ ३०, २०८० मंगलबार १७:३ बजे

फाइल फोटो

बेइजिङ - सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्‍याएको आशंकामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष संकलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले मङ्गलबार उल्लेख गरेको छ ।


एसपीपीले वित्तीय जोखिम नियन्त्रणको प्रयासस्वरूप अभियोजन तीव्र बनाएको छ । प्रायःयस किसिमका मुद्दामा अवैध कोष संकलन, मुद्रा जाली र गैरकानूनी व्यापार सञ्चालनलगायतका क्षेत्र समावेश छन् ।  
 


Author

थप समाचार
x