काखोभका बाँध भत्किएपछि १७ जनाले ज्यान गुमाए
फाइल फोटो
मस्को - काखोभका जलविद्युत् आयोजनाको बाँध भत्कँदा खेर्सोन क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको क्षेत्रीय सरकारका प्रमुख आन्द्रेई अलेक्सेन्कोले मङ्गलबार बताएका छन् ।
आज बिहान होला प्रिस्टनमा १२ र ओलेस्कीमा पाँच जनाको मृत्यु भएको पुष्टि भएको अलेक्सेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् । विशेष गरी ओलेस्की र होला प्रिस्टन क्षेत्रमा सञ्चार पूर्वाधारमा गम्भीर क्षति भएको छ ।
गत मङ्गलबार काखोभका जलविद्युत् आयोजनालाई लक्षित गरी भएको आक्रमणबाट बाँध भत्किएपछि बाढीबाट बृहत् विनाश भएको छ भने हजारौँ बासिन्दा बाध्य भएर सुरक्षित स्थानतर्फ पलायन भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया