विश्व

अमेरिकी राष्ट्रपतिको पार्टीमा टपलेस हुने सुन्दरी वकिलमाथि प्रतिबन्ध

इकागज |
जेठ ३२, २०८० बिहीबार ८:५७ बजे

बासिंगटन डिसी- ह्वाइट हाउसले एक ट्रान्सजेन्डर अधिवक्तालाई प्रतिबन्ध लगाएको छ ।

अश्लिलता फैलाएको आरोपमा ट्रान्सजेन्डर वकिल रोज मोन्टोयालाई प्रतिबन्ध लगाएको हो ।


शनिबार साउथ लनमा भएको प्राइड इभेन्टमा मोन्टोया टपलेस भएकाले उनीमाथि प्रतिबन्धको कारबाही गरिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनका प्रेस सेक्रेटरी करिन जीन पियरले भने, ‘ट्रान्स एड्भोकेट रोज मोन्टोयालगायत कार्यक्रमका सहभागीहरूले अनुपयुक्त व्यवहार गरे । आफ्नो परिवारसँग मनाउन त्यहाँ उपस्थित सयौं सहभागीहरूका लागि यो व्यवहार अनुपयुक्त थियो ।’

अधिवक्ता रोज मोन्टोयाले भिडियोमार्फत् यसको जवाफ दिँदै क्षमा मागेकी छिन् । उनले भनिन्, ‘म आफ्नो सत्यतालाई मात्र बाँचिरहेको थिएँ । कुनै पनि तरिकाले अश्लिलता फैलाउने मेरो मनसाय थिएन् ।’

ह्वाइट हाउसमा रोज मोन्टोयाको प्रतिबन्धलाई लिएर कन्जरभेटिभहरूले जो बाइडनलाई आक्रमण गरेका छन् । एक दक्षिणपन्थी खाता ‘द लिब्स अफ टिकटक’ ले लेख्यो, ‘यो हाम्रो देशको अपमान हो ।’

बाइडन प्रशासनले सो समुदायलाई सहयोग गर्न कार्यक्रम आयोजना गरेको थियो । अमेरिकी राष्ट्रपति वाइडेनले सम्पूर्ण समुदायलाई सन्देश दिँदै भनेका थिए, ‘तिमीहरुलाई माया गरिन्छ, सुनिन्छ ।’

तर रोजले भने गरेको हर्कत क्षमायोग्य नभएको ह्वाइट हाउसको तर्क छ । 


Author

थप समाचार
x