भारतमा आवासीय भवनमा आगलागी हुँदा पाँच बालबालिकासहित ६ जनाको मृत्यु
फाइल फोटो
उतरप्रदेश - कुशीनगरको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।
कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा बुधबार राति भीषण आगलागी हुँदा एक जना महिला र पाँच बालबालिका सहित छ जनाको मृत्यु भएको जिल्लाका मजिस्ट्रेट रमेश रञ्जनले जनाएका छन् ।
आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । सुतिरहेको अवस्थामा महिला र बालबालिकाको मृत्यु भएको हो ।
आगालागीको खबर प्राप्त हुनासाथ दमकलले घटनास्थलमा पुगेर आगो निभाएको थियो । जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पनि घटनास्थल पुगेर अग्निसमनमा समन्वय गरेका थिए ।
उनीहरुले शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पताल पठाएर घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया